बिहीबार, चैत १२, २०८२

सुजन पौडेल प्रदेशस्तरीय युवा प्रतिभामा छनोट

मेरोन्यूज २०७९ माघ ८ गते १५:१६

भैरहवा। रुपन्देही जिल्लास्तरीय युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्तरगत भएको कार्यक्रममा सियारी-७ अमुवाका सुजन पौडेल प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएका छन् ।  सियारी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा प्रथम हुँदै प्रदेशस्तरीय कार्यक्रमका लागि छनौट भएका हुन् । प्रतियोगितामा सियारी- ३ का निरङकर भुज द्वितीय भए भने सियारी ५ का सञ्जय मुराउ तृत्तीय भए ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यक्रममा सहभागिताका लागि रुपन्देहीका सबै स्थानीय पालिका, क्याम्पस, स्कुल तथा १६ देखि ४० बर्ष उमेर समुहका युवायुवतीले भाग लिन सक्ने गरी सियारी गाउँपालिकाले सूचना जारी गरी युवाहरुको नयाँ नयाँ प्रतिभाको खोजी गरेको थियो । युवाहरुको प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सियारी, शुद्धोधन र बुटवलका ७ जना युवा, युवतीले भाग लिएका थिए । कार्यक्रममा भाग लिएका युवायुवतीले आफूले तयार गरेको नवप्रवर्तनात्मक विचार,  प्रविधिको प्रदर्शनी तथा प्रस्तुतीकरण गरेका थिए ।

प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका प्रतियोगिले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए । सियारीमा भएको युवा प्रतिभाहरुको खोजी कार्यक्रमले युवायुवतिको प्रतिभाले सियारीको विकासमा थप टेवा पुर्याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले सियारी भित्रका युवाहरूले आविस्कार गरेका प्रविधिको विकास, विस्तार र प्रचार प्रसारमा पालिकाले हालेमालो गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले युवाहरुलाई प्रतिभावान बन्न आग्रह गर्दै प्रतिभा भएका व्यक्ति अवसरबाट बञ्चित हुन नपर्ने बताए । उनले सियारीले आयोजना गरेको उक्त कार्यक्रमले युवाहरुको प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

प्रतिक्रिया