ऋतिक रोशनको परिवारसँग देखिइन् उनकी गर्लफ्रेन्ड सबा आजाद

बलिउड अभिनेता ऋतिक रोशनकी बहिनी सुनैना रोशनले हिजो आफ्नो जन्मदिन मनाएकी छिन् । यस विशेष अवसरमा ऋतिकले सम्पूर्ण रोशन परिवार र प्रेमिका सबा आजादसँग त्यस दिनलाई विशेष बनाएका छन्। यस सेलिब्रेशनका केही तस्बिर ऋतिककी आमा पिंकी रोशनले सेयर गरेकी छन्, जसमा उनीहरू सबै निकै खुसी देखिएका छन् ।
यो तस्बिर सेयर गर्दै पिंकीले क्याप्सनमा लेखेकी छिन्, ‘मेरी प्यारी छोरी सुनैनालाई जन्मदिनको शुभकामना । मेरो सनशाइन, मेरो जीवन, मेरो मुटुको धड्कन। तपाईको खुशी तपाईको सम्पूर्ण परिवारको लागि संसार हो, हामी सबै तपाईलाई धेरै माया गर्छौं। हामी तपाईको जीवनलाई रंग भर्न चाहन्छौं।’ यो फोटोमा ऋतिकका छोरा रेहान र रिदान पनि देखिएका छन् ।
सुनैना बलिउडको लाइम लाइटबाट टाढा रहन्छिन् । उनले हालसम्म दुई पटक विवाह गरिसकेका छन् । सुनैनाको पहिलो विवाह आशिष सोनीसँग भएको थियो तर सन् २००० मा दुवैको सम्बन्धविच्छेद भएको थियो । यसपछि उनले मोहन नाडरसँग विवाह गरिन् । यो विवाह पनि लामो समय टिक्न सकेन र दुवै अलग भए ।
ऋतिकको कुरा गर्दा उनको पहिलो विवाह सुजैन खानसँग भएको थियो । यद्यपि तिनीहरूले आधिकारिक रूपमा २०१४ मा एकअर्कालाई डिवोर्स दिए। उनीहरु दुबैका दुई छोरा छन् जसको नाम रेहान र रिदान हो ।
सम्बन्धविच्छेद भएको केही वर्षपछि सुजैनले अर्सलानसँग डेट गर्न थालेकी थिइन् । यसैबीच ऋतिकले पनि हालै अाफ्नाे साबासँगको सम्बन्धलाई अफिसियल गरेका छन् ।
















इरान–अमेरिका वार्ता निष्कर्षविहीन
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया