ऋतिक रोशनको परिवारसँग देखिइन् उनकी गर्लफ्रेन्ड सबा आजाद

बलिउड अभिनेता ऋतिक रोशनकी बहिनी सुनैना रोशनले हिजो आफ्नो जन्मदिन मनाएकी छिन् । यस विशेष अवसरमा ऋतिकले सम्पूर्ण रोशन परिवार र प्रेमिका सबा आजादसँग त्यस दिनलाई विशेष बनाएका छन्। यस सेलिब्रेशनका केही तस्बिर ऋतिककी आमा पिंकी रोशनले सेयर गरेकी छन्, जसमा उनीहरू सबै निकै खुसी देखिएका छन् ।
यो तस्बिर सेयर गर्दै पिंकीले क्याप्सनमा लेखेकी छिन्, ‘मेरी प्यारी छोरी सुनैनालाई जन्मदिनको शुभकामना । मेरो सनशाइन, मेरो जीवन, मेरो मुटुको धड्कन। तपाईको खुशी तपाईको सम्पूर्ण परिवारको लागि संसार हो, हामी सबै तपाईलाई धेरै माया गर्छौं। हामी तपाईको जीवनलाई रंग भर्न चाहन्छौं।’ यो फोटोमा ऋतिकका छोरा रेहान र रिदान पनि देखिएका छन् ।
सुनैना बलिउडको लाइम लाइटबाट टाढा रहन्छिन् । उनले हालसम्म दुई पटक विवाह गरिसकेका छन् । सुनैनाको पहिलो विवाह आशिष सोनीसँग भएको थियो तर सन् २००० मा दुवैको सम्बन्धविच्छेद भएको थियो । यसपछि उनले मोहन नाडरसँग विवाह गरिन् । यो विवाह पनि लामो समय टिक्न सकेन र दुवै अलग भए ।
ऋतिकको कुरा गर्दा उनको पहिलो विवाह सुजैन खानसँग भएको थियो । यद्यपि तिनीहरूले आधिकारिक रूपमा २०१४ मा एकअर्कालाई डिवोर्स दिए। उनीहरु दुबैका दुई छोरा छन् जसको नाम रेहान र रिदान हो ।
सम्बन्धविच्छेद भएको केही वर्षपछि सुजैनले अर्सलानसँग डेट गर्न थालेकी थिइन् । यसैबीच ऋतिकले पनि हालै अाफ्नाे साबासँगको सम्बन्धलाई अफिसियल गरेका छन् ।









सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया