होण्डाको ९९ घण्टा र एक रुपैयाँको अफर सुरु
मेरोन्यूज
२०७९ माघ ९ गते १६:००

काठमाडौँ । होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले आफ्नो बाइकहरू होण्डा साइन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजना ल्याएको छ ।,
योजनाअनुसार ग्राहकले अर्डर गरेको होण्डा साइनको कुनै पनि पार्टस् ९९ घण्टाभित्र पाउने छन् । यदि, उक्त समयभित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने छन् ।
यो छिटो सर्भिसको ग्यारेन्टीसहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ । होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकहरूले एक रुपैयाँमा तीन वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्को लाभ लिन सक्ने छन् ।
ग्राहक वर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्ने छन् ।
सम्बन्धित














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया