दयाहाङ र मिरुनाको फिल्म ‘जारी’ वैशाख १ मा प्रदर्शन हुने
मेरोन्यूज
२०७९ माघ १० गते ११:१७

काठमाडौं । वैशाख १ मा दयाहाङ राई र मिरूना मगर चलचित्र ‘जारी’ पनि रिलिज हुने भएको छ। चलचित्रले वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको हो ।
‘जारी’ले लिम्बू समुदायमा चलिरहेका प्रथामा आधारित कथा पेस गर्छ। यस फिल्मकाे घोषणा गरेसँगै सोही मितिमा रिलिज हुने सिनेमाको संख्या ३ पुगेको छ।
सोमबार सार्वजनिक भएको सिनेमाको पोस्टरमा मुख्य कलाकार दया र मिरूनालाई देखाइएको छ। फिल्मको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन्।
फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, प्रेम सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपालको अभिनय छ ।
विकास आचार्य निर्देशित ‘नाईं नभन्नु ल ६’ र सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ले पनि सोही मितिमा आफ्नो रिलिज गर्ने घोषणा गरिसकेका छन्।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया