९ वर्षपछि फरार अभियुक्त पक्राउ
मेरोन्यूज
२०७९ माघ ११ गते १४:३९

भक्तपुर। सवारी ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार एकजना अभियुक्तलाई नौ बर्षपछि पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०७० जेठ २७ गते दिउँंसो ४ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ चारदोबाटोस्थित ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को बा. ३ च. ५२७५ नम्बरको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीका ६७ वर्षीय शिवशरण रेग्मीको मृत्यु भएको थियो ।
घटनापछि एम्बुलेन्स चालक सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका–१ का ४२ वर्षीय इमबहादुर कार्की फरार रहेका थिए । उनलाई पक्राउ गरी प्रहरी वृत्त ठिमी भक्तपुरमा राखेर थप अनुसन्धान गरिरहेका भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।
सम्बन्धित















काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया