मंगलबार, चैत १०, २०८२

आज हरियो तरकारी र फलफूलको मूल्य कति ?

मेरोन्यूज २०७९ माघ १२ गते ९:१९

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको मूल्य तोकेको छ । समितिका अनुसार आज बिहिबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी तीन सय रुपैयाँ रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र नेपाली सुन्ताला १३० रुपैयाँ तोकिएको छ । 

त्यस्तै, रातो आलु ३० रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवि २५० रुपैयाँ, अकबरे खुर्सानी ३५० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, कायम रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

लोकल गाजरको न्युनतम मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, चमसूरको साग ७० रुपैयाँ, कन्य च्याउ  १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ११० रुपैयाँ, तोरीको साग र  भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज ८०, तितो करेला ९० रुपैयाँ र हरियो धनिया १०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया