मंगलबार, चैत १०, २०८२

अमेरिकी डलरको विनिमय दर घट्यो, अरू देशको कति पुग्यो ?

मेरोन्यूज २०७९ माघ १२ गते १०:१६

काठमाडौँ । बिहिबार अमेरिकी डलरको विनिमय दर घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

अघिल्लो दिनको तुलनामा यसको मूल्य २१ पैसा घटेको हो । यसअघि बुधबार अमेरिकी डलर एकको खरिददर  १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६ पैसा तोकिएको थियो ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७० पैसा र बिक्रीमा १४२ रुपैयाँ ३५ पैसा पाइन्छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ३२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६ पैसा तोकिएको छ । 

त्यसैगरी, अष्ट्रेलियन डलर ७९ पैसाले वृद्धि भएको छ । यसको खरिददर आज ९२ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९२ रुपैयाँ ७७ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८३ पैसा कायम रहेको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसामा कारोबार भइरहेको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६२ पैसा तोकीएको छ । मलेसियन रिंगिट एकको खरिदमा बिहिबार ३० रुपैयाँ ५६ पैसा र बिक्रीमा ३० रुपैयाँ ७१ पैसामा पाइन्छ ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५९ पैसामा कारोबार भैरहेको छ । आज बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ८ पैसा तोकिएको राष्ट्र बैंकको विवरणमा उल्लेख गरीएको छ ।

प्रतिक्रिया