मंगलबार, चैत १०, २०८२

मन्दाकिनी हाइड्रोपावरको नगद लाभांश सेयरधनीको खातामा

मेरोन्यूज २०७९ माघ १२ गते १२:१४

काठमाडौं। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण सुरु गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा करसमेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गरेकाे हाे।

नगद लाभांश सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामै जम्मा गर्न शुरु गरिएकाले आफ्नो लाभांश जम्मा भए नभएको यकिन गर्न कम्पनीले जनाएको छ ।

मन्दाकिनीको पुस ३० गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई ५५ नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही लाभांश वितरण गरिएको हो ।

प्रतिक्रिया