माया खोलाको आइपीओ आजदेखि बिक्रि खुल्ला
मेरोन्यूज
२०७९ माघ १३ गते १०:४९

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले आज माघ १३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर ‘आइपीओ’ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि १९ लाख ९२ हजार कित्ता शेयर बिक्री गर्न थालेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशत अर्थात ३४ करोड रुपैयाँ सर्वसाधारण समुहका लागि छुट्टाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले २४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यस्तै एक लाख २० हजार कित्ता सामुहिक लगानीकोषहरुलाई बिक्री गरिसकेको छ । कर्मचारीहरुलाई पनि ४८ हजार कित्ता छुट्ट्याएको छ ।
सबैलाई बिक्री गरेर बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको हो ।
यसमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् ।
सम्बन्धित














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया