मंगलबार, चैत १०, २०८२

आजकाे हरियो तरकारी र फलफूलको मूल्य

मेरोन्यूज २०७९ माघ १३ गते १०:४५

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार  शुक्रबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, अम्बा १२० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, नेपाली सुन्ताला १३० रुपैयाँ तोकिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

रातो आलु २५ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ , कागती १२० रुपैयाँ, किवी २५० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ कायम रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्युनतम तोकेको मूल्य हो ।

चमसुरको साग ८० रुपैयाँ, कन्य च्याउ  १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, तामा ९० रुपैयाँ, तोरीको साग र  भारतीय सुकेको प्याज ४० रुपैयाँ, हरियो प्याज १२० रुपैयाँ र हरियो धनिया ८० रुपैयाँ रहेको छ ।

ताजा रहुको माछा ३५० रुपैयाँ, छडीको माछा २५० रुपैयाँ, बचुवा र मंगुरी माछा २६० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । 

प्रतिक्रिया