अनमोल केसी अभिनित ‘छड्के २’को टिजर सार्वजनिक
मेरोन्यूज
२०७९ माघ १३ गते १५:४३

काठमाडौं । अनमोल केसी स्टारर ग्याङस्टर ड्रामा फिल्म ‘छड्के २.०’को टिजर सार्वजनिक भएको छ । फिल्म मनाङमा छायांकन गरिएको हाे ।
फिल्ममा अनमोलले ग्याङस्टर चरित्र निर्वाह गरेका छन् । एक मिनेट ४५ सेकेण्ड लामो टिजरमा मनाङकाे प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने ग्याङको कथा देखाएकाे छ ।
फिल्ममा अनमोलका अलावा रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् ।फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका छन् ।
फिल्मका निर्माता प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो । कार्यकारी निर्मातामा निर्वाना फिल्मसहित लक्ष्मण काफ्ले पनि छन् ।
‘छड्के २.०’ आगामी फागुन १९ गते रिलिज हुँदैछ ।
सम्बन्धित















युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’:नारायणप्रसाद दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया