मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतीदेवी’ बन्दै
मेरोन्यूज
२०७९ माघ १४ गते १७:११

काठमाडाैं । अभिनेत्री मलिका महतको मुख्य भूमिकामा फिल्म ‘सतिदेवी’ बन्ने भएको छ। फिल्मले चलचित्र विकास बोर्डबाट इजाजत पनि लिइसकेको छ।
लक्ष्मण सुवेदीको निर्देशन, निर्माण तथा लेखनमा बन्ने फिल्ममा मलिकासँगै भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटालगायत कलाकारको अभिनय रहनेछ। फिल्मका अन्य कलाकारहरुको भने तय हुन सकेको छैन।
फिल्ममा एक ग्रामीण युवतीको संघर्षको कथा देखाइने छ।
दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा फिल्म निर्माण हुने छ।
फिल्मको छायाङ्कन फागुन महिनादेखि सुरु गरिने बताइएको छ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया