छ महिनामा मधेस–प्रदेश सरकारको खर्च आठ प्रतिशत मात्र

धनुषा। चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।
प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवको छ महिनाको अवधिमा चालु तथा विकास खर्च रु तीन अर्ब ६६ करोड ९५ लाख ६५ हजार छ सय ७० खर्च गरेको छ भने अब बाँकी रहेका महिनामा रु ४३ अर्ब २१ करोड १३ लाख ८० हजार तीन सय २९ खर्च गर्नुपर्ने अवस्था छ ।
प्रदेश सरकारले चालु आवका लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालुतर्फ रु २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार र पुँजीगततर्फ रु २५ अर्ब ८२ करोड २० लाख ८० हजार थियो । वित्तीय व्यवस्थापनतर्फ रु १६ करोड ६४ लाख ५६ हजार दुई सय बजेट विनियोजन गरिएको थियो ।
कोलेनीका प्रमुख गिरीले खर्च भएको रकममध्ये अधिकांश बजेट चालुतर्फ खर्च भएको जानकारी दिए । उनका अनुसार चालुतर्पको खर्चमा कर्मचारीको तलबभत्ता तथा कार्यालय सञ्चालन रहेको छ । खास गरेर तीनै तहका निर्वाचनसहितका विभिन्न कारणले यसपटक विकास खर्चको अवस्था निराशाजनक रहेको प्रदेश सरकारको दाबी रहेको छ ।
मन्त्रालयगतरुपमा हेर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छ महिनाको अवधिमा रु छ करोड तीन लाख १४ हजार दुई सय ६३ बजेट खर्च गरेको छ भने अर्थ मन्त्रालयले रु तीन करोड ३७ लाख ३१ हजार ३३ खर्च गरेको छ ।
यस्तै उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रालयले रु ३८ करोड ३६ लाख ४२ हजार पाँच सय ५९ बजेट खर्च गरेको छ भने कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले रु एक करोड चार लाख २३ हजार एक सय ९९ खर्च गरेको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु १३ करोड ४२ लाख ९४ हजार नौ सय ४० खर्च गरेको छ भने खानेपानी तथा ऊर्जा विकास मन्त्रालयले रु २५ करोड ८२ लाख ९४ हजार पाँच ५८ खर्च गरेको छ । गृह तथा सञ्चार मन्त्रालयले रु पाँच करोड १८ लाख ८२ हजार दुई सय ८२ खर्च गरेको छ ।
वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले यस अवधिमा रु २८ लाख ६८ हजार एक सय ४८ खर्च गरेको छ भने भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक अर्ब एक करोड दुई लाख ३४ हजार पाँच सय ५३ खर्च गरेको छ । सबैभन्दा बढी बजेट यसै मन्त्रालयमा रहेको छ ।
महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले रु दुई करोड ९६ लाख ३३ हजार २३ खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले रु एक अर्ब ३९ करोड ७८ लाख ८७ हजार दुई सय ७४ खर्च गरेको छ भने प्रदेशसभाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा रु चार करोड ६४ लाख ६५ हजार तीन सय पाँच खर्च गरेको छ । प्रदेश लोकसेवा आयोगले रु एक करोड ६७ लाख सात हजार दुई सय ६२ खर्च गरेको छ ।
यस्तै मुख्य न्यायाधिवक्ताको कार्यालयले रु एक करोड एक लाख १२ हजार चार सय ६४ खर्च गरेको छ भने प्रदेश नीति तथा योजना आयोगले रु २५ लाख ३९ हजार पाँच सय ९७ खर्च गरेको छ ।
















वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा आउँदै
कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया