रोडिजको पाँचौं सिजनको होस्ट सुरजसिंह ठकुरीले गर्ने

काठमाडाैं । हिमालय रोडिजको नयाँ सिजनको होस्ट टेलिभिजन कार्यक्रम प्रश्तोता सुरजसिंह ठकुरीले गर्ने भएका छन् । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो ।
आउँदो वैशाखदेखि हिमालय टेलिभिजनबाट प्रशारण हुने पाँचौं हिमालय रोडिजको नयाँ सिजनका लागि आज (सोमवार) बाट नै शोको डिजिटल अडिशन खुला गरिएको छ । कार्यक्रममा बोल्दै प्रश्तोता ठकुरीले आफूले फ्रेन्चाइज शोमा पनि काम गर्ने चाहना राखेपनि अहिलेसम्म पूरा नभएको र रोडिजमार्फत पूरा हुन लागेकोमा खुशी व्यक्त गरे । उनले रोडिजमा आफ्नो अहिलेसम्मको टेलिभिजन यात्राको अनुभवलाई झनै परिष्कृत बनाएर प्रश्तुत गर्ने बताउका छन् । उनले रोडिजले हरेक वर्ष एउटा नयाँ प्रतिभालाई जन्माउने भएकाले यो क्याम्पियनमा सहभागी बन्न पाउँदा खुशी लागेको बताए ।
त्यस्तै हिमालय रोडिज कार्यक्रमका निर्देशक सिमोस सुनुवारले चौथो सिजन आफ्नो लागि धेरै चुनौतिपूर्ण रहेपनि त्यसमा आफू सफल भएको बताए । उनले रोडिज यो सिजन झनै एक्स्ट्रिम हुनेमा आशावादी रहेको बताए ।
कार्यक्रमको निर्देशन सिमोस सुनुवारले गर्नेछन् । सुनुवारले रोडिजलाई देशलाई सुहाउने किसिमले मात्रै प्रश्तुत गरिने प्रतिवद्धता जनाए । निर्देशक सुनुवारले रोडिजलाई टेलिभिजनबाट प्रश्तुत गर्न मिल्नेसम्मको अंशहरु प्रश्तुत हुने बताए।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया