सेयर बजार २२.१२ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा झरेको छ । बुधबार नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएकोे थियो । सोही दिन १ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।
बिहीबार १९ कम्पनीको शेयर उकालो लागेको छ भने १९४ कम्पनीको सेयर ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहे ।
बिहीबार २५७ कम्पनीको कारोबार भयो भने ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब १० करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, एनआईसी एशिया बैंकको ५ करोड ५० लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबै उपसूचकहरू राताम्मै भएका छन् । सबैभन्दा धेरै जीवन बिमा र हाईड्रो पावरको २ प्रतिशतले मूल्य घटेको छ ।















आयोन र एक्सपिङसहित सीजी मोटर्सकाे पोखरामा मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प
हेटौंडामा ‘एक्सपेरियन्स टोयोटा’ टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम हुँदै
वार्ता संकेतबीच इरानले हान्याे मिसाइल
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया