सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी विवाह गर्दै, शाहरुख खानका पूर्व अंगरक्षकलाई सुरक्षाको जिम्मा

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी आजकल आफ्नो सम्बन्धका कारण चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार दुवैले फेब्रुअरी ६ मा जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गर्दैछन् । प्यालेसले यही फेब्रुअरी ४ देखि फेब्रुअरी ६ बीचमा यो भव्य विवाह हुने पक्का गरेको छ ।
मिडिया रिपोर्टका अनुसार यस प्यालेसमा विवाह गर्नको लागि दैनिक भाडा १ देखि २ करोड रुपैयाँसम्म पर्छ । यससँगै पाहुनालाई बोक्न मर्सिडिज बेन्ज, जगुआर, बीएमडब्लुलगायत करिब ७० कारको व्यवस्था गरिएको छ । जैसलमेरमा विवाहपछि मुम्बईमा दुवैको भव्य विवाह समारोह हुनेछ ।
रिपोर्टका अनुसार सिद्धार्थ र कियाराको विवाहको सुरक्षा शाहरुख खानका पूर्व अंगरक्षक यासिन युगललाई दिइएको छ । भनिएको छ फेब्रुअरी ४ मा मुम्बईबाट जैसलमेरका लागि अंगरक्षक र सुरक्षा गार्डहरूको टोली प्रस्थान गर्नेछ।
विवाहमा अमिताभ बच्चनदेखि शाहरुख खान, करण जोहर, वरुण धवन, शाहिद कपूर-मीरा राजपूत र इशा अम्बानीलगायत धेरै सेलिब्रेटीलाई निम्तो दिइएको छ । जसका कारण विवाहअघि नै सबै सुरक्षा व्यवस्था मिलाइएको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया