नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान
मेरोन्यूज
२०७९ माघ २० गते १६:२२

काठमाडौं । नेपाल टेलिकमद्वारा आज आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।
नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औँ वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेको कार्यक्रम संयोजक समिता कोइराला जानकारी दिएकी हुन् ।
विगतमा एक सय ५० भन्दाबढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेङ्गीलगायतका कारण रक्तदान गर्नेको सङ्ख्यामा निकै न्यून रहेको बताइएको छ ।
नेपाल टेलिकम सरकारीस्तरमा सबैचभन्दा धेरै राजस्व बुझाउने सेवा प्रदायक कम्पनी हो । टेलिकमका मुलुकभर डेढ करोडभन्दा बढी ग्राहक छन् । यही माघ २२ गते टेलिकमले आफनो २२ औँ स्थापना दिवस मनाउँदैछ ।
वार्षिकोत्सवका अवसरमा उक्त लिमिटेडले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिरहेको छ ।
सम्बन्धित
















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया