वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार

काठमाडौं । वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोले मङ्सिर र पुसमा भारत पु¥याइएका १२ महिलालाई राजस्थान, जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उद्धार गरिएको जनाएको हो । ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा उनीहरुलाई राखिएको थियो ।
ब्यूरोको पहलमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी, सामाजिक संस्था ९हेल्प क्रस इण्डिया० र नेपालस्थित शान्ति पुनःस्थापना गृहको सहकार्यमा उनीहरुको उद्धार भएको हो ।
उनका अनुसार उद्धार गरिएका अधिकांश ३१ देखि ४० वर्ष उमेर समूहका विवाहित महिला छन् । कतिपय यसअघि वैदेशिक रोजगारमा गएर फर्किएका महिला छन् । नेपालबाट भारत लैजाने क्रममा जोगवनी, काँकडभिट्टा, जमुनाहा, सुनौलीलगायत नाका प्रयोग हुने गरेका छन् । ब्यूरोको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा बेचविखन तथा ओसापसार भएका दुई सय १४ महिलाको उद्धार गरिएको छ ।
















पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया