लमजुङमा फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको औषधी खुवाइने
मेरोन्यूज
२०७९ माघ २१ गते ७:५७

काठमाडौं । लमजुङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको आम औषधी खुवाइने भएको छ ।
लमजुङका वासिन्दालाई १४ औं पटक औषधी खुवाइने भएको हो ।
हात्तीपाइले रोग निवारण हुन नसकेका जिल्लामा औषधी खुवाउने कार्यक्रम अन्तर्गत यसको तयारीका लागि स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय योजना तर्जुमा गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । लमजुङको धमिलिकुवा र चक्रतीर्थमा गत मंसिरमा गरिएको हात्तीपाइले रोगको सर्वेक्षणमा प्रकोपदर १ प्रतिशतभन्दा कम देखिएको छ ।
निवारणका लागि फागुनमा औषधी खुवाइने र त्यसपछि ६ महिनामा पुनः परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । ६ महिनामा प्रकोपदर १ प्रतिशत भन्दा बढी देखिए अर्को वर्ष पनि औषधी खुवाइने र कम देखिए २ वर्षपछि परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया