बोटको ब्लुटुथ कलिङ स्मार्टवाचहरू नेपाली बजारमा

काठमाडौं । भारतको नम्बर एक वेरेबल ब्रान्ड बोटले नेपाल पोर्ट्फोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरी तर्फ केही उत्पादनहरु थप गरेको छ।
नेपालमा स्मार्टवाच र हियरेबल एक्सेसरिजहरुको बढ्दो मागसँगै सो कम्पनीले उच्च गुणस्तरका उत्पादनहरु सुपथ मूल्यमा उपलब्ध गराएर उपभोक्ताहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ।
बोट एक्सटेन्ड प्रो बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको एमोलिड डिस्प्ले र ३० मिनेटको असप फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्रीको साथ आउँछ। एक्सटेनड प्रो ब्लुटुथ कलिङलाई इन–बिल्ट स्पिकर साथ आउछ। यसमा एक डायल प्याड रहेको छ। जसमा प्रयोगकर्ताले आफ्नो स्मार्टवाचबाट १० वटा सम्पर्कहरुलाई सेभ गर्न र कल गर्न सक्नेछन्।
यो स्मार्टवाच उच्चस्तरीय जीवनशैलीका लागि बनाइएको छ र यसमा ७०० बढी एक्टिभ मोडहरु रहेका छन्। वास्तविक–समयमा हृदय गति ट्रयाकिङ, सटिक एस०२ अनुगमन र धेरै वाच फेसहरु र थिमहरुलाई समर्थन गर्दछ। आईपी६८ डस्ट र वाटर रेसिस्टेन्सका साथ एक्सटेन प्रो धुलो र पानीको छर्राप्रति अत्यधिक प्रतिरोधी रहेको छ।
१.६९ इन्चको एचडी कर्भ डिस्प्ले भएको यस बोट वेभ कलमा ब्लुतुथ कल गर्न सकिन्छ। १० दिनसम्मको ब्याट्री ब्याक अप भएको यस स्मार्टवाचमा एसपी०२ र मुटुको धड्कन पनि ट्रयाक गर्न सकिनुका साथै हाइड्रेसन अलर्ट पनि छ।
त्यस्तै यसमा १० जनासम्मको कन्ट्याहरु पनि सेभ गर्न मिल्छ। हरेक पहिरनसँग मिल्ने बोट वेभ कल १०० बढी वाच फेसका साथ आएको छ।
यसका बारेमा टेलीटकका कार्यकारी निर्देशक प्रतीक जलानले भने, ‘हामीले नेपाली बजारमा बोटका उत्पादनहरुका लागि उच्च माग देखेका छौं। त्यसैले हामीले एक्टिभ नोइज क्यान्सलेसन युक्त हियरेबल एक्सेसरिज र ब्लुटथ कलिङयुक्त बोट स्मार्टवाचहरु नेपालमा ल्याएका छौंं। अहिले बजारमा सबैभन्दा लोकप्रिय ब्रान्ड नै बोट रहेको छ र हामीलाई आशा छ यी नयाँँ उत्पादनहरुले पक्कै पनि बजारमा एउटा नयाँँ माइल्स्टोनहरु सेट गर्नेछन्।’
बोटको नयाँ उत्पादन हियरेबल र वेरेबलहरु नेपालभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध रहेका छन्।
मुल्य सूची

















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया