‘जनयुद्ध दिवसमा बिदा दिनु लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यता प्रतिकुल’

काठमाडौँ । जनयुद्ध दिवसका नाममा बिदा दिने बागमती र कर्णाली प्रदेश सरकारको निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । समाजकी महासचिव रेनुका पौडेलले विज्ञप्ति जारी गर्दै निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकुल भएको बताएकी छन् ।
तत्कालिन माओवादीले जनयुद्ध सुरु गरेको दिन फागुन एक गते सार्वजनिक बिदा दिने निर्णय माओवादीका मुख्यमन्त्री भएका बागमती र कर्णाली प्रदेशले गरेका थिए ।
‘२०७९ फागुन १ गते सोमबारका दिन वाग्मती प्रदेशभर सार्वजनिक विदा दिने निर्णयप्रति मानव अधिकार तथा शान्ति समाज तिव्र असहमति र गम्भीर आपत्ति व्यक्त गर्दछ,’ महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘यो विवादास्पद निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकुल छ भन्ने शान्ति समाजको धारणा रहेको छ ।’
माघ २७ गते काठमाण्डौमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको पनि समाजले निन्दा गरेको छ ।
राजतन्त्र उन्मुलन भइसकेपछि पनि त्यसैको अवशेषका रुपमा नागरिकलाई सास्ती दिने गरी कायम रहेको कथित “सवारी” प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्म विपरित पौडेलले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया