टेलिकमका श्रेणीविहीन कर्मचारीलाई सम्झौता गरी काममा लगाउनु पर्ने फैसला

काठमाडौँ । श्रम अदालतले नेपाल टेलिकमका कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सम्झौता गरी काममा लगाउनु पर्ने फैसला गरेको छ ।
श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले बुधबार टेलिकममा कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सेवा सुविधा दिएर काममा लगाउनु पर्ने फैसला गरेको हो ।
फैसलामा भनिएको छ, ‘श्रम ऐन २०७४ लागू भएपछि उक्त ऐनको दफा १७८(२) बमोजिम तीन महिनाभित्र त्यस प्रकारका श्रमिकको रोजगार सम्झौता गरी काममा लगाउनु पर्नेमा नगरेको, पहिलेको कानुनबमोजिम स्थायी पनि नगरेको आधारमा उक्त ऐनको दफा १० बमोजिम नियमित श्रमिकले पाउने सेवा सुविधा पाउनु पर्छ ।’
टेलिकममा १५–१६ वर्षदेखि गार्डेन, चौकीदार, भान्साको काम गर्ने श्रेणीविहीन कर्मचारी ठूलो संख्या भए पनि २१ जनाले नियुक्तिपत्र नदिइकन, सेवा, शर्त पनि नतोकिकन लामो समय न्यूनतम सेवा, सुविधा र तलबसमेत नदिएको उल्लेख गर्दै श्रम कार्यालयमा उजुरी गरेका थिए ।
श्रम कार्यालयले कानुनबमोजिम सुविधा दिनु पर्ने ठहर गरेको थियो । श्रम कार्यालयकै निर्णयलाई श्रम अदालतले सदर गरेको हो ।










निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिकतर्फका उम्मेदवारहरुकाे बन्दसूची पेश गर्न आयोगको आग्रह
जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरूको एकसाथ सुनुवाइ हुने
प्रतिक्रिया