शाहरुख-सलमानकाे ‘टाइगर ३’ को सुटिङ कहिले ?

शाहरुख खान र सलमान खानको जोडीलाई फ्यानहरूले वर्षौंपछि हेर्न पाउने भएका छन् । यी दुबै स्टार फिल्म ‘टाइगर ३’ मा फेरि एकसाथ देखिँदैछन् । पछिल्लो रिपोर्टमा शाहरुख र सलमानले यो फिल्मको सुटिङ कहिले गर्ने भन्ने खुलासा भएको छ ।
शाहरुखको ‘पठान’ र सलमानको ‘टाइगर’ यशराजको स्पाई युनिभर्सको हिस्सा हुन् भन्ने कुरा अहिले सबैलाई थाहा छ । यसबाट दुवै एकअर्काको फिल्ममा देखिने स्पष्ट हुन्छ । ‘टाइगर ३’ मा दुवै स्टारसँग देखिएका दृश्यहरु गत वर्ष छायांकन हुने थियो । तर केही व्यक्तिगत र व्यावसायिक कारणले त्यो हुन सकेन ।
टाइम्स अफ इन्डियाका अनुसार सलमान र शाहरुखको दृश्यको सुटिङका लागि विशेष सेट तयार गरिएको छ । दुबैको सिक्वेन्स अप्रिल २०२३ मा छायांकन हुनेछ । फिल्म ‘पठान’ मा टाइगर र पठानको दृश्यलाई फ्यानहरुले निकै रुचाएका थिए । यी दृश्यहरू फिल्मको मुख्य आकर्षण बने। अहिले निर्माण पक्षले फिल्म ‘टाइगर ३’ को सिक्वेन्सलाई पहिलेको भन्दा बलियो बनाउने प्रयास गरिरहेको छ ।









राष्ट्र शान्तिको उद्देश्यसहित श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु
आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया