शाहरुख-सलमानकाे ‘टाइगर ३’ को सुटिङ कहिले ?

शाहरुख खान र सलमान खानको जोडीलाई फ्यानहरूले वर्षौंपछि हेर्न पाउने भएका छन् । यी दुबै स्टार फिल्म ‘टाइगर ३’ मा फेरि एकसाथ देखिँदैछन् । पछिल्लो रिपोर्टमा शाहरुख र सलमानले यो फिल्मको सुटिङ कहिले गर्ने भन्ने खुलासा भएको छ ।
शाहरुखको ‘पठान’ र सलमानको ‘टाइगर’ यशराजको स्पाई युनिभर्सको हिस्सा हुन् भन्ने कुरा अहिले सबैलाई थाहा छ । यसबाट दुवै एकअर्काको फिल्ममा देखिने स्पष्ट हुन्छ । ‘टाइगर ३’ मा दुवै स्टारसँग देखिएका दृश्यहरु गत वर्ष छायांकन हुने थियो । तर केही व्यक्तिगत र व्यावसायिक कारणले त्यो हुन सकेन ।
टाइम्स अफ इन्डियाका अनुसार सलमान र शाहरुखको दृश्यको सुटिङका लागि विशेष सेट तयार गरिएको छ । दुबैको सिक्वेन्स अप्रिल २०२३ मा छायांकन हुनेछ । फिल्म ‘पठान’ मा टाइगर र पठानको दृश्यलाई फ्यानहरुले निकै रुचाएका थिए । यी दृश्यहरू फिल्मको मुख्य आकर्षण बने। अहिले निर्माण पक्षले फिल्म ‘टाइगर ३’ को सिक्वेन्सलाई पहिलेको भन्दा बलियो बनाउने प्रयास गरिरहेको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया