इनरुवामा प्रदेश १ स्तरीय चलचित्र महोत्सव सुरु

काठमाडौँ । सुनसरीको इनरुवामा पहिलो इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सव सुरु भएको छ ।
प्रदेश १ का संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले इनरुवा उत्सव तथा प्रदेश १ स्तरीय चलचित्र महोत्सवको उद्घाटन गरेका हुन् । फागुन
१७ गतेसम्म चल्ने महोत्सव इनरुवा नगरपालिकाको संयोजनमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गरेको हो ।
उद्घाटन कार्यक्रममा इनरुवामा योगदान पुर्याउने विभिन्न विधातर्फ उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरिएको छ । चलचित्र प्रदेशमा नै नभइरहेको अवस्थामा इनरुवामा जमर्को गरी प्रदेश स्तरीय चलचित्र महोत्सव गर्ने क्रममा विविध विधा र कार्यक्रसँगै आयोजनामा ल्याइएको बताइएको छ ।
आयोजकका अनुसार महोत्सवमा प्रदेश १ मा निर्माण गरिएका दुई दर्जन छोटा तथा लामा चलचित्र प्रदर्शन गरिने छ । उत्सव तथा महोत्सवका अन्य
कार्यक्रममा जातीय पहिरन प्रदर्शन, बेहुली सुन्दरी प्रतियोगिता, बेबी फेन्सीलगायतका प्रतियोगितासहित राष्ट्रिय कलाकारको उपस्थितिमा सांगीतिक प्रस्तुति हुनेछ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया