आफ्नाे बिवाह बारे शहनाज गिलले भनिन्- यस्ता कुरामा मलाई विश्वास लाग्दैन

काठमाडाैं । शहनाज गिलको शो ‘देसी भाइब्स विथ शहनाज गिल’ मा हालै भुवन बम विशेष अतिथिको रूपमा देखा परेका थिए। शाेमा शहनाजले भुवनसँग आफ्नो व्यक्तिगत जीवनदेखि व्यावसायिक जीवनका बारेमा कुरा गरिन् । यसक्रममा शहनाजले अहिले आफू बिहेजस्ता कुरामा विश्वास नगर्ने बताइन् ।
शोमा कुरा गर्दै शहनाजले भनिन्, ‘हाम्राे जीवनमा थाहा छैन भविष्य के हो ? हामी सबै कुराको लागि तयार हुनुपर्छ। अहिले मसँग केहि चीजहरू छन् त्यसैले म के गरिरहेको छु। अगाडी बढ्दै गएर काम गर्ने कोसिस गर्नेछु । काम पाउँदै जाने प्रयास गर्छु तर काम नपाएमा कम्तिमा यति बचत गर्नुपर्छ कि भविष्यमा पैसाको लागि कसैलाई हाथ जाेड्नु नपराेस्’ ।
शहनाजले थपिन्, ‘अहिले मलाई विवाह आदिमा विश्वास छैन । मैले जीवनमा अझै लामो यात्रा गर्न बाँकी छ। तर मलाई लाग्छ कि मैले मेरो बचत राख्नुपर्छ। पैसा खर्च गर्नुपर्छ भन्ने लाग्दैन, बचत गर्न चाहन्छु ।
शहनाज सिद्धार्थ शुक्लालाई धेरै मन पराउँथिन् । मिडिया रिपोर्टका अनुसार दुबै रिलेशनशिपमा पनि थिए । सिद्धार्थको २ सेप्टेम्बर २०२१ मा मृत्यु भएपछि शहनाज विक्षिप्त बनेकी थिइन्।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया