नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य

काठमाडौँ । नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत कुवेतलाई ३४४ रनको विशाल लक्ष्य दिएको छ । कप्तान देव खनाल र युवा ब्याटर अर्जुन कुमालको कीर्तिमानी शतकसहित कुवेतलाई विशाल लक्ष्य दिएको हो ।
मलेक क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३४३ रन बनाएको हो । नेपाललाई विशाल योगफलमा पुर्याउन कप्तान खनाल र अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेले । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक एकै इनिङमा दुई ब्याटरले शतक हानेका हुन् ।
कप्तान खनालले एक सय १७ बलमा नौ चौका र तीन छक्कासहित एक सय २५ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो । अर्जुनले पनि एक सय १२ बलमा १२ चौकासहित एक सय ८ रन जोडेका थिए । अर्जुनको पनि यो करिअरको पहिलो शतक हो । अर्जुनले १ सय ७ बलमा शतक पूरा गरेका थिए ।
यसअघि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली एक ब्याटरले मात्रै एक इनिङमा शतक हान्दै आएका थिए ।
















इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको दिव्य दर्शन समावेश
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया