पहाडी भू-भागमा हल्का बर्षा हुने सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
















मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रतिक्रिया