सूर्योदय वोमी लघुवित्तको बोनस सेयर घोषणा
मेरोन्यूज
२०७९ फागुन १७ गते १४:५६

काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर घोषणा वितरण गर्ने भएको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८–८० को नाफाबाट सेयरधनीहरुलाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज प्रक्रियामा गएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट २०७८ चैत १२ गतेबाट एकीकृत कारोबार गरेको थियो ।
कम्पनीका अनुसार २ वर्षसम्म लाभांशमा कर छुट हुने र कर प्रयोजनका लागि कर बापतको नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जानकारी गराएको छ ।
कम्पनीले चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने छ ।

सम्बन्धित















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया