कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटलमा विशेष छुट
मेरोन्यूज
२०७९ फागुन १९ गते १३:३९

काठमाडौं । कुमारी बैंक र ल्यान्डमार्क होटल एन्ड रिसोर्टबीच कुमारी बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल एन्ड रिसोर्टको सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले ल्यान्डमार्क होटल एन्ड रिसोर्टका काठमाडौं, चितवन र पोखरा शाखामा आकर्षक छुटको प्रावधान गरेको हो ।
सम्झौताअनुसार कुमारी बैंकका डेबिट-क्रेडिट कार्ड ग्राहकलगायत मोबाइल बैंकिङ प्रयोगकर्ताले ल्यान्डमार्क होटलको सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका देशभर ३०४ शाखा, २९४ एटीएम, ६२ शाखारहित बैंकिङ इकाई र ४९ एक्सटेन्सन काउन्टर छन् ।
सम्बन्धित















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया