पर्वतमा स्थानीयले नियन्त्रणमा लिएकाे चितुवा मर्यो
मेरोन्यूज
२०७९ फागुन १९ गते १८:२०

काठमाडौं । पर्वतमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ । पर्वतको फलेवास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका थिए ।
तर वन कार्यालयमा बुझाएको केही समयपछि नै उक्त चितुवा मरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए ।
उनका अनुसार उक्त चितुवाले बिहान बिहानमात्रै एकजना महिलालाई आक्रमण गरी सामान्य घाइते बनाएको थियो । चितुवालाई बिहान करिब १० बजेतिर स्थानीयले नियन्त्रणमा लिएका थिए ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया