आसिफको धैर्यतासँगै नेपाल तीन विकेटले विजयी
मेरोन्यूज
२०७९ फागुन १९ गते १८:४९

काठमडाौँ । ओपनिङ ब्याटर आसिफ सेखको धैयर्तासँगै आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाल तीन विकेटले विजयी भएको छ ।
शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी)ले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
पीएनजीविरुद्धको खेलमा टिम संकटपूर्ण अवस्था रहँदा आसिफले ८६ रन बनाएका हुन् । सन्दीप लामिछानेले ३५ रन बनाए ।
आसिफले १३० बलमा दुई चौका र एक छक्का बनाए । यसैगरी ५० बल खेलेका सन्दीपले तीन चौकासहित ३५ रन बनाएका हुन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो ।
सम्बन्धित
















छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
Hetauda Cement Industry resumes clinker production
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया