आइतबार, मंसिर ७, २०८२

आलियाको गाेप्य तस्बिर लिक भएपछि रणबीरले भने- कानुनी उपचारमा जान्छाैं

मेरोन्यूज २०७९ फागुन २७ गते १४:१८

काठमाडाैं । बलिउड अभिनेत्री आलिया भट्ट हालै एक विषयका कारण चर्चामा आएकी छन् । उनले आफ्नो गोप्य तस्विर खिचिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट हालेपछि चर्चामा आएकी हुन् ।

बैठक कोठामा बसिरहेका बेला छिमेकी टेरेसबाट दुई व्यक्तिले आफ्नो तस्बिर खिचेको भन्दै उनले आफ्नो घरमा पनि सुरक्षित नभएको महसुस गरेको बताइन् । अहिले यस घटनाले ठुलो रुप लिइरहेको छ । अन्य केहि कलाकारले पनि उनलाई समर्थन गरेका छन् ।

हालै एक अन्तरर्वातामा उनका पति अभिनेता रणवीर कपुरले पनि यस गोपनियताको विषयमा कानुनी कारबाही गर्ने भएका छन् । सञ्चारकर्मी सँगको कुराकानीमा अभिनेताले भने, ‘यो गोपनीयताको उल्लङ्घन हो । तपाईं मेरो घर भित्र फाेटाे खिच्न सक्नुहुन्न र त्यहाँ केहि प्राइभेट कुरा पनि हुन सक्छ, त्यो मेरो घर हो र त्यसरी फाेटाे खिच्ने काम बिल्कुल गलत थियो। हामी यस सम्पूर्ण मामिलामा उचित कानुनी माध्यमबाट कारबाही गर्नेछौं।’

प्रतिक्रिया