आइतबार, मंसिर ७, २०८२

कपिल शर्मा घमण्डी छन् ? किन बारम्बार उनकाे शो छाेड्दै छन् कलाकार ?

मेरोन्यूज २०७९ फागुन २८ गते ११:२१

भारतिय कमेडियन कपिल शर्माले कडा मेहनतबाट यो सफलता हासिल गरेका हुन् । तर उनीमाथि पटकपटक उनी घमण्डी र अहंकारी स्वभावका छन् र त्यही भएर कलाकारले एक–एक गरेर उनको साथ छोडकाे अाराेप लगाइँदै अाएकाे छ । शो ‘सिधी बात’ मा उनलाई यसबारे सोध्दा ती कलाकारहरुलाई नै सोध्न भनेका थिए ।

कपिललाई सोधिएको थियो कि ‘तपाई भित्र धेरै अहंकार छ, तपाई एक इन्सिक्युर व्यक्ति हुनुहुन्छ, तपाई आफ्नो वरिपरि कुनै प्रतिभाशाली व्यक्ति देख्न चाहनुहुन्न, त्यसैले शोमा कोही उदाउँने बित्तिकै त्यस्लाइ निकाल्नुहुन्छ ?

यस प्रश्नमा कपिलले भने, ‘सबैभन्दा पहिले मलाई आजसम्म कहिल्यै इन्सिक्युर भएको छैन । मलाई मन परेको व्यक्ति शाे मा ल्याउँछु। जसको साथमा मैले शो सुरु गरें, उनीहरूले तपाईंलाई राम्रोसँग बताउनुहुनेछ। मलाई लाग्छ जति धेरै टिभी कार्यक्रमहरू आउँछन्, प्रायः नयाँ कास्टिङ र नयाँ मान्छेहरू ल्याइन्छ। तर जब तपाईंको शो राम्रो भइरहेको हुन्छ, तपाईंको बारेमा धेरै समाचारहरू आउँन थाल्छन्। पहिले म निकै छोटो स्वभावको थिएँ, मलाई कसैले एक पटक गाली गरे दस गाली दिएर फर्किन्थें । तर अहिले त्यस्तो छैन ।’

धेरै कलाकारले तपाइको शो छोडे । सुनिल ग्रोवर, उपासना सिंह, अली असगर, सुगंधा मिश्रा, चन्दन प्रभाकर, कृष्णा अभिषेक, सिद्धार्थ सागर, भारती सिंह जस्ता कलाकारहरु शो छाड्न पुगे । यस्तो अवस्थामा तपाइमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ कि तपाइले किन कसैसँग काम गर्न सक्नुभएन ?

यसबारे कपिलले भने-सुनिल ग्रोवरसँग झगडा भयो, त्यो ठीक छ । ‘भारती सिंहसँगको फोटो म अझै इन्स्टाग्राममा राखिरहेको हुन्छु । उनले आफ्नो प्रोडक्सन सुरु गरिन्, र धेरै व्यस्त छन्। त्यसैले जो शो छोडेर गइन्, झगडा गरेर गएकी होइनन् । उपासना जी पनि फिल्ममा काम गरिरहनुभएको छ । कृष्ण पनि मेरो असल साथी हो । एकजनासँग झगडा भयो भने सबैलाई त्यही श्रेणीमा लिनु त गलत हो।’ 

उनले भने, ‘मैले नयाँ मान्छेलाई मौका दिँदा प्रश्न उठ्छ, आफ्नै मान्छे ल्याए भने नातावाद फैलाइरहेको छ भन्छन् । मैले कसैको सफलता पचाउन नसक्ने भन्ने कुरा गलत हो । जब म प्रोड्युस गर्थे त्यतीबेला लफडा हुन्थ्यो तर अहिले म सम्झौता अनुसार मात्र काम गरिरहेको छु, त्यसैले सहज छ ।  

कपिल यतिबेला शो भन्दा पनि आफ्नो आगामी फिल्म ज्विगाटोलाई लिएर चर्चामा छन् । उनले चलचित्रको प्रचारप्रसारमा जोड दिइरहेका छन् । चलचित्र १७ मार्चमा हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया