भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउँदै

काठमाडौं । भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन्। उनी चैत २५ गते काठमाडौंको बौद्धस्थित होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन्।
ह्यातमा हुने सिंहको कार्यक्रमको टिकटको मूल्य सम्बन्धी जानकारी ई–सेवामा राखिएको आयोजकले जानकारी दिए ।
‘साधारण टिकटको १ हजार रुपैयाँदेखिमाथि र भीआइपी टिकटको दुई हजार रुपैयाँभन्दा बढी हुन सक्ने छ । अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’ आयोजक भन्छन् –‘प्रि–बुकिङका लागि सम्पूर्ण टिकट इ–सेवाबाट प्राप्त गर्न सकिन्छ ।‘
गायक सिंहका ब्लु आइज, धिरे धिरे र चार बोतल भोड्का लगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिने आयोजकटिमले बताएकाे छ ।
गायक सिंह भारतमा संगीत कम्पोजर, र्यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन् । उनले सन् २००३ देखि सांगीतिक क्षेत्रमा कलाकारको रूपमा आफ्नो करियर थालेका थिए ।









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया