आइतबार, चैत २९, २०८२

भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउँदै

मेरोन्यूज २०७९ फागुन २९ गते १५:००

काठमाडौं । भारतीय गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन्। उनी चैत २५ गते काठमाडौंको बौद्धस्थित होटल ह्यात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेका हुन्।

Advertisement
nepal life insurencenepal life insurence

ह्यातमा हुने सिंहको कार्यक्रमको टिकटको मूल्य सम्बन्धी जानकारी ई–सेवामा राखिएको आयोजकले जानकारी दिए ।

‘साधारण टिकटको १ हजार रुपैयाँदेखिमाथि र भीआइपी टिकटको दुई हजार रुपैयाँभन्दा बढी हुन सक्ने छ । अहिले सम्पूर्ण टिकटको मूल्य निश्चित भइसकेको छैन,’ आयोजक भन्छन् –‘प्रि–बुकिङका लागि सम्पूर्ण टिकट इ–सेवाबाट प्राप्त गर्न सकिन्छ ।‘

गायक सिंहका ब्लु आइज, धिरे धिरे र चार बोतल भोड्का लगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुति दिने आयोजकटिमले बताएकाे छ ।

गायक सिंह भारतमा संगीत कम्पोजर, र्‍यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन् । उनले सन् २००३ देखि सांगीतिक क्षेत्रमा कलाकारको रूपमा आफ्नो करियर थालेका थिए ।

प्रतिक्रिया