सोमबार, मंसिर ८, २०८२

जुही चावलासँग विवाह गर्न चाहन्थे सलमान

मेरोन्यूज २०७९ चैत १ गते १२:१२

एक समय थियो जब वलिउड अमिनेता सलमान खान अभिानेत्री जुही चावलासँग बिहे गर्न चाहन्थे । यसका लागि सलमानले जुहीका पितासँग उनको हात पनि मागेका थिए । तर, जुहीका पिताले उनकाे प्रस्ताव अस्वीकार गरेका थिए ।

हाल सलमान खानको एउटा पुरानो अन्तर्वार्ता भाइरल भइरहेको छ, जसमा उनले जुहीसँग विवाह गर्ने इच्छा व्यक्त गरेका छन् । तर, सलमान र जुहीले सन् १९९७ मा फिल्म दिवाना मस्तानामा सँगै काम गरेका थिए ।

सलमानले उक्त भिडियोमा भनेका छन्, ‘जुही धेरै प्यारी छिन्, मैले उनको बुबासँग विवाहको लागि मागेको थिएँ।’ अन्तर्वार्ता लिइरहेका होस्टले सलमानलाई जुहीका बुवाले के भनेका थिए भनेर सोधे, जसको जवाफमा सलमानले भने उनकाे बुवाले ‘नाइ’ भने । जब होस्टले यसको कारण सोधे, सलमानले भने, ‘मलाई लाग्छ बिल फिट भएन।’

यो भिडियो क्लिप १९९० को समयको हो । यो अन्तर्वार्ता भएको वर्षौं बितिसक्यो तर सलमान अझै पनि जीवनसाथीको खोजीमा छन् । सन् १९९५ मा जुहीले व्यापारी जय मेहतासँग विवाह गरिन् । जुहीको प्रेमकथा पनि निकै रोचक छ । उनका पति पहिले नै विवाहित थिए। जब जुहीले जयलाई पहिलो पटक भेटेकी थिइन्, उनकी पहिलो पत्नी सुजाता बिर्लाको विमान दुर्घटनामा मृत्यु भइसकेकाे थियो ।

त्यो दुर्घटनापछि जुही र जयबीचको निकटता बढ्यो र त्यसपछि दुवैले विवाह गरे । उनीहरुका दुई सन्तान छोरी जान्हवी र छोरा अर्जुन छन् । जुहीका पति जय मेहता बहुराष्ट्रिय कम्पनी मेहता ग्रुपका मालिक हुन्। उनका दुईवटा सिमेन्ट कम्पनी पनि छन् । शाहरुख खानसँगै उनी आईपीएल टोली कोलकाता नाइट राइडर्सका सह-मालिक पनि हुन्।

सलमानले धेरै अभिनेत्रीलाई डेट गरिसकेका छन्
सलमान खानले आफ्नो जीवनमा धेरै अभिनेत्रीलाई डेट गरेका छन् तर कुनै पनिसँग उनको सम्बन्ध लामो समय टिक्न सकेन । उनको र ऐश्वर्या राईको सम्बन्धको सबैभन्दा बढी चर्चा भएको थियो ।

सलमान र ऐश्वर्या सन् १९९७ मा ‘हम दिल दे चुके सनम’ को सेटमा नजिकिएका थिए । तर, पछि उनीहरुको ब्रेकअप भयो । यसबाहेक सलमानको सम्बन्ध संगीता बिजलानी, सोमी अली र कट्रिना कैफसँग पनि थियो । भारतिय मिडियाका अनुसार सलमान लामो समयदेखि रोमानियाली मोडल युलिया वन्तुरसँग सम्बन्धमा छन् ।

प्रतिक्रिया