भारतमा जबरजस्ती यौन धन्धामा लगाइएका १० नेपाली महिलाको उद्धार

काठमाडौँ । मानव तस्करीको शिकार बन्दै जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाको उद्धार गरिएको छ ।
बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो ।
उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो ।
उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाडौँ, कास्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ । उद्धार गरिएकीमध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पु¥याइएको र त्यहाँ जबरजस्ती यौन धन्धामा लगाएको बताइन् ।
अनुसन्धानमा संलग्न एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट चार जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानिरीक्षकको सचिवालय हुँदै दिल्ली दुतावासमा आफूलाई प्राप्त भएपछि खोजीका लागि समन्वय गर्दा हराएकामध्ये एक जना युवतीलाई फेला पारेको र ती युवतीले हराएका बाँकी तीन जना रहेको स्थानको ठेगाना बताउँदा संयुक्त रुपमा गरिएको कारबाहीमा हराएका दुईसहित थप सात जना नेपाली फेला परेको बताए ।
कीन इण्डियाका प्रमुख नविन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनिहरूलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नु परेको र ४८ घण्टाको निरन्तर खोजीपछि महिलाहरूको उद्धार गर्न सकिएको बताए ।
दिल्लीमा टिकाराम भण्डारी र उनकी श्रीमती टीका ओलीले ती महिलाहरूलाई दिल्लीको फ्ल्याटमा राखेर यौन धन्धा गराउँदै आएको खुलेको छ ।
















निष्पक्ष र पारदर्शीरुपले सभामुखको कार्यसम्पादन गर्नेछु : ज्येष्ठ सदस्य केसी
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया