हेलिकोप्टरमार्फत गर्भवतीको उद्धार

काठमाडौँ । बागलुङकी एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका ११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुर्याइएको हो ।
शुक्रबार दिउँसोदेखि सुत्केरी व्यथा लागेर लामो समयसम्म सुत्केरी हुन नसकेपछि पुनलाई पोखरा पुर्याइएको हो । शनिबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँगको समन्वयमा हेलिकोप्टरमार्फत पोखरा पुर्याइएको र हाल पुनको उपचार भइरहेको गलकोट नगर अस्पतालका डा राजेश पौडेलले जानकारी दिए ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी स्वास्थ्य मन्त्रालयको कार्यविधिअनुसार उनको उद्धार गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
पुनको रिघा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि गलकोट नगर अस्पताल सिफारिस गरिएको थियो । अवस्था थप जटिल बनेपछि आकस्मिक रूपमा उपचारका लागि पोखरा पठाइएको र अहिले पुनको शल्यक्रिया गरी बच्चा जन्माएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
















कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया