सोमबार, चैत ३०, २०८२

प्रेमिकाकाे घाँटी थिचेर कुटपिट गरेको आरोपमा हलिउड अभिनेता जोनाथन पक्राउ

मेरोन्यूज २०७९ चैत १३ गते १३:१५

हलिउड स्टुडियो मार्वल फिल्मका स्टार जोनाथन मेजर्स ठुलो विवादमा फसेका छन् । प्रेमिकालाई घाँटी थिचेर कुटपिट गरेको आरोपमा शनिबार न्युयोर्क प्रहरीले जोनाथनलाइ पक्राउ गरेको छ । यो कुरा बाहिरिएपछि उनका फ्यानहरु निकै स्तब्ध भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

टीएमजेडको रिपोर्टका अनुसार ब्रुकलिनको बारबाट सँगै घर फर्किंदै गर्दा ट्याक्सीमा उनीहरुबीच झगडा सुरु भएको थियो । यसैबीच, जोनाथनले प्रेमिकालाई कुटपिट गरे । पीडित महिलाले आफूमाथि कुटपिट भएको प्रहरीलाई बताइन् ।

महिलाको टाउको, घाँटी र कानको पछाडि चोट लागेको छ भने अनुहारमा पनि धेरै निशान छन् । त्यसपछि प्रहरीले पीडित महिलालाई इलाका अस्पतालमा भर्ना गरेको थियो ।

प्रहरीका अनुसार पीडितसँग जोनाथनविरुद्ध पर्याप्त प्रमाण छ । अर्कोतर्फ, जोनाथन मेजर्सले आफू पूर्ण रूपमा निर्दोष भएको बताएका छन्।

एजेन्सी

प्रतिक्रिया