सोमबार, चैत ३०, २०८२

सरकारले रंगमञ्चलाई वास्ता गरेनः अभिनेता खनाल

मेरोन्यूज २०७९ चैत १३ गते १५:५२

काठमाडौं । रंगमञ्च दिवसका अवसरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औं वर्ष भएपनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद् रहेको बताएका छन् । उनले सरकारले रंगकर्मीहरुलाई बेवास्ता गरेको आरोप लगाउका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

अभिनेता खनालले भने, ‘हामी ६२ औं रंगमञ्च दिवस मनाइरहेका रहेछौँ तरपनि हाम्रो स्थिति त्रिपालमुनी नै रहेछ, दयनिय नै रहेछ, श्रमीकको दर्जा दिइयोस् भन्ने आवाज ६२ वर्षपछि पनि उठाउनुपर्ने अवस्था रहेछ ।’

अभिनेत्री निशा शर्माले रंगकर्मीहरुका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन् । उनले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गरिन् ।

अभिनेत्री शर्माले रंगकर्मीहरु सबै मिलेर मात्रै रंगमञ्चको विकास र बिस्तार गर्नुपर्ने बताएकी छन् ।

प्रतिक्रिया