विराट गोल्डकपः विराटनगर सिटी फाइनलमा
मेरोन्यूज
२०७९ चैत १४ गते १०:४१

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो ।
खेलमा म्यान अफ दि म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भई नगद रु ११ हजार प्रदान गरिएको छ । विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीको मेहनतका कारण विजयी हासिल गर्न सफल भएको विचार राखे । जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार व्यहोर्नुपरेको बताए ।
गोल्डकपको आज हुने अन्तिम सेमिफाइनल खेलमा भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपिएफबीच प्रतिस्पर्धा हुने छ ।
सम्बन्धित
















मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
दोलखा उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन
स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण
Composition of the 15-member Council of Ministers
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया