सोमबार, मंसिर १५, २०८२

पीएनजीलाई नामिबियाले दियो ३८२ रनको लक्ष्य

मेरोन्यूज २०७९ चैत १५ गते १७:१५

काठमाडौँ । नामिबियामा जारी आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा आफ्नो दोस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई ३८२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाएर ३८१ रन बनाएको हो । नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले ११३ बलमा १२५ रनको शतकीय इनिङ बनाए ।

निकोलास डेविन र जान निकोलले अर्धशतकीय ईनिङ खेले । डेविनले ७९ बलमा ९० रन बनाए । निकोलले ५९ बलमा ६१ रन बनाए । पिंकि जान फ्रान्सले १४ र जान ग्रिन ३२ रन बनाए ।

पीएनजीका लागि सिमो कमियले ५ तथा कबुआ मोरियाले २ विकेट लिए ।

प्रतिक्रिया