सामसङ्गले ल्यायो आकर्षक डिजाइनका नयाँ ग्यालेक्सीका मोडलहरू

काठमाडौँ । सामसङ्गले नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिलाई बजारमा उपलब्ध गराएको छ । लोकप्रिय ए –सिरिजका २ वटा नवीनतम फोनहरु अद्भूत क्यामराहरु र विशेषताहरुको लागि परिचित छन् ।
जसले प्रयोगकर्ताहरुलाई तिनको अद्भूत पर्फरमेन्स र उपयोगीताका साथ अचम्भित तुल्याउने गरी बनाइएको छ । उत्कृष्ट बनावट र अनुभूति एवं टिकाऊपनाको लागि गरिएको डिजाइनका साथ ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिलाई धेरै समय सम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरुले ग्राहकहरुका लागि पहिलो रोजाई बनाइदिएको छ ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिमा फ्लोटिङ्ग क्यामराका साथसाथै मोबाइलको रङ्गसंग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको छ । ग्यालेक्सी ए –सिरिजमै पहिलो पटक ए५४ ५जिमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित छ । ग्यालेक्सी ए५४ ५जि ३ रङ्गहरु कालो, हरियो र बैजनी रङ्गमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जि पनि कालो, हरियो र सिल्भर गरी ३ रङ्गहरुमा उपलब्ध छ ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको निर्माण लामो समय सम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरु ३० मिनेटसम्म एक मीटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन्, जसको लागि यसले आइपि६७ रेटिङ्ग पाएको छ । यसका साथै अझै बलियो बनाउनकालागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् । यी दुवै मोबाइलहरुका डिस्प्ले कर्निङ्ग गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन्, जसले कोरिन दिंदैन र खस्दा समेत फुट्ने सम्भावना रहन्न । ग्यालेक्सी ए५४ ५जिको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ ।
ग्यालेक्सी ए५४ ५जि ५० एमपि ओआइएस प्राइमरी लेन्ससहित १२ एमपिको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भनें ए३४ मा ४८ एमपि ओआइएस प्राइमरी लेन्स र ८ एमपिको अल्ट्रा वाइड लेन्स रहेको छ । ब्लर–लेस नाइट फोटो/भिडियोले पहिलेका फोनहरुको दाँजोमा १.६ गुना व्यापक ओआइएससंग फोटोको स्थिरतालाई बढाइदिन्छ र भिडियोको स्थिरता पनि ४ गुना सम्म बढाइदिन्छ, यसैले प्रयोगकर्ताहरुले अन्धकारमा पनि स्पष्ट रुपमा फोटो/भिडियो खिच्न सक्नेछन् ।
पछिल्लो ए–सिरिज लन्चकोमा, सामसङले पहिलो पटक २५६ जीबी मेमोरी भेरियन्टलाई ६० हाजार रुपैयाँमा प्रस्तुत गर्दैछ । ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जि २ वटा मेमोरी प्रकारहरुमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ ५जिको ८ जिबि र्याम र १२८ जिबि आन्तरिक स्टोरेज भएकोलाई ५६ हजार ९९९ रुपैयाँ पर्छ भने ८ जिबि र्याम र २५६ जिबि आन्तरिक स्टोरेज क्षमता भएकोको मुल्य रु ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यस्तै ए३४ ५जिको ८ जिबि र्याम र १२८ जिबि आन्तरिक स्टोरेज भएकोको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडि कार्डको प्रयोगमार्फत् १ टिबिसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ ।
















चैत्र शुक्ल नवमी देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
प्रधानमन्त्री बालेनले लिए शपथ
प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
यी हुन् बालेन सरकारका १५ मन्त्री
Slight fall in gold, silver prices
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया