चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताबारे बोर्डले एक सार्वजनिक सूचना समेत प्रकाशन गरेको छ । जसमा सहभागिका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी वि।सं। २०८० बैशाख १० गतेसम्ममा दरखास्त सहित चलचित्र बोर्डको कार्यालयमा अथवा इमेल पेश गर्नुपर्नेछ । प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरुमध्ये उत्कृष्ट तीन चलचित्रहरुले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी घोषणा गरिनेछ । प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश रु। एक लाख पचास हजार, रु। एक लाख र रु। पचहत्तर हजार प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैर व्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनी आदिमा सहभागी गराउनेछ ।
प्रतियोगितामा सहभागी हुने चलचित्रहरु कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतियोगिता चलचित्रकर्मीहरु नेपाली भएको हुनुपर्नेछ । साथै, सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रहरुले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ ।









सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया