आईपीएलमा पञ्जावको लगातार दोस्रो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ । गयराति भएको खेलमा पञ्जावले राजस्थानलाई ५ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
पहिला ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्सले ७ विकेट गुमाएर १९२ रनमात्रै बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ रोजेको पञ्जाब किंग्सका लागि प्रभसिमरन सिंहले ३४ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ६० रन बनाए । जितेश शर्माले २७, शाहरुख खान ११ र कप्तान शिखर धवन ८६ रन बनाए । राजस्थान रोयल्सका जेसन होल्डरले दुई विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सले राम्रो सुरुवात गर्न सकेन । ओपनर यशस्वी जैसवाल ११, जोस बटलर १९, कप्तान सञ्जु सामसन ४२, रियान परागले २०, देवदत्त पडिक्कल २१ तथा शिम्रोन हेटमायरले ३६ रन बनाए । पञ्जाब किंग्सका नाथन एलिसले ४ विकेट लिए ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रतिक्रिया