आईपीएलमा पञ्जावको लगातार दोस्रो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किंग्सले लगातार दोस्रो जित निकालेको छ । गयराति भएको खेलमा पञ्जावले राजस्थानलाई ५ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
पहिला ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्सले ७ विकेट गुमाएर १९२ रनमात्रै बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ रोजेको पञ्जाब किंग्सका लागि प्रभसिमरन सिंहले ३४ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ६० रन बनाए । जितेश शर्माले २७, शाहरुख खान ११ र कप्तान शिखर धवन ८६ रन बनाए । राजस्थान रोयल्सका जेसन होल्डरले दुई विकेट लिए ।
लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सले राम्रो सुरुवात गर्न सकेन । ओपनर यशस्वी जैसवाल ११, जोस बटलर १९, कप्तान सञ्जु सामसन ४२, रियान परागले २०, देवदत्त पडिक्कल २१ तथा शिम्रोन हेटमायरले ३६ रन बनाए । पञ्जाब किंग्सका नाथन एलिसले ४ विकेट लिए ।








आज गीता जयन्ती मनाइँदै, यस्तो छ धार्मिक महत्त्व !
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
प्रतिक्रिया