६ वर्षपछि अर्जेन्टिना शीर्ष स्थानमा, ब्राजिल दुई स्थान खस्कियो

काठमाडौँ । विश्व विजेता अर्जेन्टिना ६ वर्षपछि फिफा वरियताको शीर्ष स्थानमा पुगेको छ । फिफाले आज अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा पुगेको हो ।
अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेको थियो । त्यसपछि अर्जेन्टिनाले केही दिनअघि मैत्रीपूर्ण खेलमा पनामालाई २–० र कुराकाओलाई ७–० गोलले पराजित गरेको थियो ।
फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिल तेस्रो स्थानमा पुगेको छ । पछिल्लो पटक ब्राजिल मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २–१ ले पराजित भएको थियो ।
यस्तै, बेल्जियम चौथो, इंग्ल्याण्ड पाँचौ, नेदरल्याण्ड्स छैटौं, क्रोएसिया सातौँ, इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन् । मोरक्को ११ औं स्थानमा छ ।
एसियाली राष्ट्रतर्फ जापान सबैभन्दा माथि २० औं स्थानमा छ भने नेपालले केही सुधार गर्दै १७४ स्थानमा उक्लिएको छ ।









बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बुटवलको हायात प्लेस सञ्चालनमा
एड्सको अन्त्य गर्न सबैलाई एकजुट हुन स्वास्थ्यमन्त्री गौतमको आह्वान
मेयर बालेनका बुवाकाे निधन
काँकरभिट्टा नाकाबाट आठ अर्बको निर्यात हुँदा १६ अर्बको आयात
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
प्रतिक्रिया