६ वर्षपछि अर्जेन्टिना शीर्ष स्थानमा, ब्राजिल दुई स्थान खस्कियो

काठमाडौँ । विश्व विजेता अर्जेन्टिना ६ वर्षपछि फिफा वरियताको शीर्ष स्थानमा पुगेको छ । फिफाले आज अपडेट गरेको नयाँ वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा पुगेको हो ।
अर्जेन्टिनाले गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेको थियो । त्यसपछि अर्जेन्टिनाले केही दिनअघि मैत्रीपूर्ण खेलमा पनामालाई २–० र कुराकाओलाई ७–० गोलले पराजित गरेको थियो ।
फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । ब्राजिल तेस्रो स्थानमा पुगेको छ । पछिल्लो पटक ब्राजिल मैत्रीपूर्ण खेलमा मोरक्कोसँग २–१ ले पराजित भएको थियो ।
यस्तै, बेल्जियम चौथो, इंग्ल्याण्ड पाँचौ, नेदरल्याण्ड्स छैटौं, क्रोएसिया सातौँ, इटली आठौं, पोर्चुगल नवौँ र स्पेन दशौँ स्थानमा यथावत छन् । मोरक्को ११ औं स्थानमा छ ।
एसियाली राष्ट्रतर्फ जापान सबैभन्दा माथि २० औं स्थानमा छ भने नेपालले केही सुधार गर्दै १७४ स्थानमा उक्लिएको छ ।
















प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया