शाहरुख खान बने विश्वकै प्रभावशाली व्यक्ति

काठमाडाैं । वलिउड अभिनेता शाहरुख खान विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति घोषित भएका छन् । टाइम पत्रिकाले गरेको सर्वेक्षणमा प्रभावशाली व्यक्तिको वार्षिक सूचीमा शाहरुखले पहिलो नम्बरमा स्थान बनाएका हुन् ।
रिपोर्टका अनुसार यस पोलमा करिब १२ लाख मानिसले भोट दिएका थिए र सबैभन्दा धेरै भोट पाएर शाहरुख शीर्ष स्थानमा रहेका हुन् ।
उनी बाहेक कैयौं अन्तर्राष्ट्रिय सेलिब्रेटी पनि यो सूचीमा परेका छन् । शाहरुखपछि यो सूचीमा इरानकी एक महिला प्रदर्शनकारी छन्, जसले इरानको ‘माेरालिटी पुलिस’द्वारा मारिएकी २२ वर्षीया महसा अमिनीको मृत्युपछि सडकमा प्रदर्शन गरेकी थिइन्।
स्वास्थ्यकर्मी २ प्रतिशत मतका साथ तेस्रो नम्बरमा छन् । चाैथाे नम्बरमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी र उनकी श्रीमती चेज अफ ससेक्स मेगन मार्कल र पाँचौंमा चर्चित फुटबलर लियोनल मेस्सी छन् । यी बाहेक हलिउड अभिनेत्री मिशेल योहले पनि यो सूचीमा स्थान बनाएकी छिन् । यसपछि सेरेना विलियम्स, फेसबुकका सीईओ मार्क जुकरबर्ग र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पनि यो सूचीमा परेका छन् ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया