क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीश बरालको इजलासमा
मेरोन्यूज
२०७९ चैत २६ गते १०:३६

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा अन्तिम सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेसी तोकिएको छ । नाबालिक बलात्कारको अभियोगमा लामिछानेविरुद्ध अन्तिम सुनुवाइ हुन लागेको हो ।
यसअघि एकपटक सन्दीपका कानुन व्यवसायीले स्थगित गराएका थिए भने अर्को पेसी पालो नआएपछि स्थगित भएको थियो ।
काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका लामिछाने उच्च अदालत पाटनको आदेशबाट २० लाख धरौटी तारेखमा रिहा भएका थिए ।
उनी बलात्कार मुद्दामा दोषी ठहर हुने वा सफाइ पाउने भन्ने कुराको फैसला काठमाडौं जिल्ला अदालतले गर्नेछ । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया