गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा वर्षा हुने
मेरोन्यूज
२०७९ चैत २७ गते ६:२७

काठमाडौँ । अहिले मुलुकभर स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मुलुकका पहाडी भू–भागमा आँशिक बदली रही तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।
पहाडी भू–भागमा मेघ गर्जन र चट्याङबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया