वरिष्ठ उपाध्यक्ष मत अपडेट
१ हजार मत गन्दा संघईको ३९० मतसहितको अग्रता, पछ्याँउदै अन्जन

काठमाडौं । उद्योगी ब्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा मतगणना जारी छ । जिल्ला नगर, एशोसिएट र वस्तुगत समुहको निर्वाचन परिणामपछि वरिष्ठ उपाध्यक्षका लागि अहिले मतगणना जारी छ । जारी मतगणनामा रामचन्द्र संघाई अगाडी देखिएका छन् ।
उनको अग्रता कायमै छ ।
वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उम्मेदवार छन्।
यो खबर तयार पार्दासम्म हजार मत गनिएको छ। जसमा उमेशलाल श्रेष्ठ, २६८, अन्जन श्रेष्ठ ३३२ रामचन्द्र संघाईको ३९० मत छ ।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ।
अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्लारनगरतर्फका नजिता आइसकेका छन्।
महासंघमा वरिष्ठ उपाध्यक्षको लागि जिल्ला नगरको ५० प्रतिशत, एसोसिएटतर्फ ३० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार छ।
निर्वाचन जित्नका लागि जुनकुनै उम्मेदवारले पनि ५० प्रतिशत मत कटाउनु पर्ने हुन्छ । ५० प्रतिशत मत कटाउन नसकेमा बढी मत पाउने दुई प्रतिस्पर्धीका बीचमा फेरि मतदान हुनेछ ।
पारम्भिक मत परिणाममा तीनै जना उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा देखिएको छ । यसले फेरि दोहोरयाएर मतदान हुने पारम्भिक संकेत देखा परेको छ ।
















कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
पूजापाठ गरेर बालुवाटार सरे बालेन
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया