सिटिजन्स बैंकको १६ औँ वार्षिककोत्सवमा छुटै छुटको योजना

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले वैशाख १ गतेदेखि वैशाख ७ गतेसम्म लागू हुने गरी बैंकका विभिन्न क्यास लेस कारोबारमा भारी छुटलगायत योजना सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाइनमार्फत हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा दुई सय रुपैयाँसम्म क्यासब्याक दिइने छ । यसैगरी क्यु आर कोडमार्फत भुक्तानी गर्ने ग्राहकका लागि ५०० वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा दुई सय रुपैयाँसम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
यस्ता नगदरहित कारोबारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहकवर्गलाई समेत लाभ पुग्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम, तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।
















ओलीलाई भर्चुअल माध्यमबाट अदालत उपस्थित गराइने
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया